dherai din pachhhi
Long time later i am staying on the computer so i am unknown about everything so please don’t mind me
राजेश मादेन
मस्कार स्वागत छ मेरो बलग्मा
राजेशमादेन.ब्लग्सम.कमLong time later i am staying on the computer so i am unknown about everything so please don’t mind me
आमनिर्वाचन- ०५६ लगत्तै प्रकाशित लेखको शीर्षक थियो, ‘कसैले ढोका ढकढक्याइरहेको छ, सुनिरहनुभएको छ ?’
निर्वाचन परिणामको समीक्षा गर्दै सोच र शैलीमा व्यापक रूपान्तरण नगर्ने हो भने एमालेको क्षयीकरण बढ्दै जाने निष्कर्ष थियो, उक्त आलेखको । प्रजातन्त्र खोसिँदा पनि निःस्पृह पाकिस्तानको दृष्टान्त दिँदै जनताबाट कटेको नेपाली प्रजातन्त्रमाथि प्रतिक्रान्तिको आसन्न खतरातिर सङ्केत गरेर प्रश्न उठाइएको थियो- के नेपाली नवाज शरिफहरू प्रजातन्त्रमाथि मडारिइरहेको कालो बादलप्रति गम्भीर छन् ? तर ढकढक आवाजलाई हामीले बेलैमा सुनेनौं । प्रतिक्रान्ति ढोका फोरेर भित्र पस्यो, असोज १८ मा । तर त्यो रक्तपातविहीन ‘कु’लाई शेरबहादुर देउवाको मात्रै समस्या ठानियो र दलहरूसँग सोधेर सरकार नबनाएकोमा मात्र राजासँग गुनासो बिसाइयो । ‘प्रतिगमन सच्याउने’ अमूर्त कुराले आन्दोलन उठ्ने स्थिति थिएन । त्यसयताको साढे दुई वर्ष रत्नपार्कदेखि रत्नपार्कसम्मको गोलचक्करमा र ‘प्रतिगमन आधा सच्चिएको’ भ्रान्त विश्लेषण गर्दै देउवा सरकारमा सम्मिलित भएर बित्यो । त्यस अवधिमा आयोजित सातौं महाधिवेशन मुलुकको सङ्कटको विश्लेषण र निकासको रूपरेखा कोर्न सर्वथा असफल भयो । कतिसम्म भने हामी ‘संविधानसभा लगायत सबै विकल्प खुल्ला गर्ने’ भन्ने वाक्यांश उल्लेख गर्न पनि तयार भएनौं । त्यो गल्तीको मूल्य कति महङ्गो पर्यो भन्ने कुरा प्रत्येक एमाले कार्यकर्तालाई थाहा छ ।
राजाले माघ १९ मा नाङ्गो तानाशाही सुरु गरे । संसदमा बहुमत हुँदाहुँदै किन सहरबाट राजाले र गाउँबाट माओवादीले प्रजातान्त्रिक शक्तिलाई खियाउनसके भन्ने कुराको जवाफ नखोजीकन राजासँग निणर्ायक सङ्घर्ष उठाउनु सम्भव थिएन । यसको लागि पार्टीको चौतर्फी पुनःगठन अनिवार्य थियो- विचारको तहमा, सङ्गठनको क्षेत्रमा र आचरणमा । नेतातन्त्र जस्तो बनेको ‘प्रजातन्त्र’लाई फर्काउनमात्र जनता सडकमा उत्रिन तयार थिएनन्, उनीहरू साँचो अर्थमा जनताको तन्त्र चाहन्थे । तानाशाही राजतन्त्रसँग हिसाब-किताब चुक्ता गर्न तदनुरूपकै पार्टी आवश्यक पथ्र्यो । पार्टीको आठौं बैठकमा प्रस्तुत पार्टी पुनःगठनको प्रस्ताव यतै लक्ष्यित थियो ।
एमालेले माघ १९ पछिका दिनहरूमा सही र सन्तुलित भूमिका खेल्यो । ‘बन्दुकको नालबाट राज्यसत्ताको जन्म हुन्छ’लाई ब्रह्मवाक्य र अधिनायकत्वलाई मान्यता बनाएर हिँडेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सिलिगुढी, लखनऊ, पटना, दिल्ली, गुडगााव र रोल्पासम्मका जोखिमपूर्ण पहल उल्लेखनीय छन् । ऐतिहासिक जनआन्दोलनको मुख्य परिकल्पनाकार र चालक शक्ति पनि एमाले थियो । एउटा हातले काँधमा राजा बोकेको काङ्ग्रेसलाई समाएर गणतन्त्रवादी बनाउन र अर्को हातले काँधमा बन्दुक बोकेको माओवादीलाई लोकतान्त्रिक धारमा ल्याउन एमालेले खेलेको भूमिका इतिहासका पानामा सुरक्षित छ । एमालेको सन्तुलित भूमिका नहुँदो हो त वार्ताको धागो उहिल्यै टुटिसक्ने थियो । पटक-पटक अवरुद्ध संविधानसभा निर्वाचनलाई सम्पन्न गर्न एमालेले खेलेको दबाबकारी भूमिका पनि स्मरणीय छ । तर निर्वाचन परिणाम पार्टीको लागि अप्रत्याशित थियो । एकातिर एउटा उग्र, गैरजिम्मेवार र अविश्वसनीय पार्टी सरकारको नेतृत्वमा पुग्दा शान्ति र लोकतन्त्रीकरणको प्रक्रिया नै जोखिममा पुगेको छ भने अर्कोतिर कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिक र शान्तिपूर्ण धार कमजोर बनेको छ । कार्यकर्ताहरूको निराशा ठूलो चुनौती बनेको छ, यतिबेला ।
डेढ दशक अगाडि जनताको बहुदलीय जनवाद प्रतिपादन भइरहँदा जडसूत्र र मतान्धतामा रुमल्लिएको नेपाली कम्युनिष्ट आन्दोलनको तलाउमा ठूलै तरङ्ग पैदा भएको थियो । उग्रवामपन्थी चस्मा लगाएकाहरू यसलाई दक्षिणपन्थी र संशोधनवादी देख्थे, विसर्जनवादी दृष्टिदोष भएकाको नजरमा यो सिद्धान्त अझै उग्रवादी थियो । हाम्रै पार्टीमा समेत यसलाई विरोध गर्ने एउटा पङ्क्ति थियो । तर १६ वर्षको अग्निपरीक्षामा आज जनताको बहुदलीय जनवादले आफ्नो निष्ठता सिद्ध गरेको छ । हिंसा र अधिनायकवादलाई पहिचान बनाएर अगाडि आएका माओवादीहरू बन्दुक कन्टेनरमा थन्क्याउन र बहुदलीय प्रतिस्पर्धामा आइपुग्न बाध्य भएका छन् । जनताको बहुदलीय जनवादको ‘एन्टिथेसिस’को रूपमा प्रचार गरिएको ‘प्रचण्डपथ’ आज बेवारिसे भएको छ । एक दशक अगाडि एमालेले निष्कर्ष निकालिसकेकै ठाउँमा आइपुग्न के १३ हजार व्यक्तिको बलिदान आवश्यक थियो भन्ने प्रश्नले माओवादीलाई बारम्बार ठुँगिरहनेछ । तर कतिपय बेला हाम्रा व्यवहार ‘माल पा’को चाल नपा’को’ जस्तो देखिन्छ । आज पार्टीभित्र यसबारे सहमति नै छ । अझ कतिकति बेला त यसको प्रतिपादनको ‘पेटेन्ट राइट’ दाबा गर्ने होडसमेत देखापर्छ । तर हिंसा र सर्वसत्तावादको उग्रवामपन्थी कार्यदिशालाई पराजित गर्न जबजको झण्डा बुलन्द पार्दै अघि बढ्नुपर्नेमा एउटा कुनाबाट यसलाई अधुरो सावित गर्ने धृष्टता भइरहेको छ । यसको सैद्धान्तिक आलोकमा आजका प्रश्नको जवाफ खोज्ने वैचारिक काम ओझेलमा छ । जनताको बहुदलीय जनवाद मायालु हजुरआमाको पुरानो सन्दुक होइन, जहाँ उहाँले नाति-नातिनाहरूलाई चाहिएला भनेर सबैखाले खानेकुरा, खेलौना र लुगाफाटा जम्मा गरिदिनुभएको होस् र तपाईंलाई जतिबेला जे चाहिन्छ, खोलेर लिनुहोस् । यो एउटा पद्धति हो, समाजको अध्ययन गर्ने, चिजहरूलाई नयाँ प्रकाशबाट हेर्ने र ताजा प्रश्नको नयाँ जवाफ खोज्ने । यो सिद्धान्त हो, कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढाउने । करोडौं जनताको बलिदानबाट प्राप्त समाजवाद किन साम्राज्यवादीको एउटा गोली खर्च भई तासको महलझैं भत्कियो र आफ्नै व्यवस्था भत्किँदा जनता चुपचाप रमिते बने ? यो प्रश्नको जवाफ यसले खोजेको छ । क्रान्तिका लागि हिंसाको अनिवार्यता, समाजवाद रक्षाका लागि अधिनायकवादको अपरिहार्यता र त्यसका लागि सीमित क्रान्तिकारीको ‘लडाकु’ सङ्गठन निर्माणको परम्परावादी कम्युनिष्ट धारमा यो निणर्ायक हस्तक्षेप हो । यसको विकल्पमा यसले क्रान्तिको लागि सचेत जनताको शान्तिपूर्ण आन्दोलन, समाजवादी व्यवस्था सञ्चालनका लागि लोकतान्त्रिक प्रतिस्पर्धा र ती
उद्देश्य प्राप्तिका लागि लोकतान्त्रिक पार्टी निर्माणको समग्र प्रणाली प्रस्तुत गरेको छ र यो नै आन्दोलनको प्रजातन्त्रीकरणको सिद्धान्त हो ।
माओवादीहरू निर्वाचनमा ठूलो पार्टीको रूपमा उदाए र आज उनीहरू सरकारको नेतृत्व गर्ने ठाउँमा छन् । सही ढङ्गले अगाडि बढ्न चाहे यो उनीहरूको निम्ति ठूलो अवसर थियो- रक्तरञ्जित विगतलाई बिर्साएर लोकतान्त्रिक क्रान्तिकारी शक्तिको रूपमा आफूलाई स्थापित गर्न । शान्ति र परिवर्तनको मूल्यमा नेपाली जनताले उनीहरूका ज्यादतीपूर्ण अतीत बिर्सन तयार थिए । तर माओवादीले यसलाई गलत अर्थ लगाउन थालेको छ । ‘आस’, ‘त्रास’ र ‘बतास’बाट प्राप्त मतलाई उसले हिंसात्मक अतीतलाई जनताको अनुमोदन र भविष्यमा जे पनि गर्न पाइने लाइसेन्स ठानेको छ । सरकारको नेतृत्वका उसका ६ महिना हेर्दा माओवादी आफूसँगै सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलन, नेपालको लोकतन्त्र, जटिल शान्ति प्रक्रिया र समवेदनशील राष्ट्रिय अखण्डतालाई समेत जोखिममा पार्न सङ्कल्पित छ कि भन्ने प्रश्न उब्जेका छन् । माओवादीको लोकतान्त्रिक रूपान्तरण जहाँ समाजको लोकतन्त्रीकरणका निम्ति विशाल सम्भावना हो, त्यही उसका अराजकता, हिंसामोह, ‘जनविद्रोह’को भ्रम एवं निषेधकारी मान्यता ठूलो
जोखिम पनि हो ।
यतिबेला एमाले आठौं महाधिवेशनको पूर्वसन्ध्यामा छ । गम्भीर धक्कापछि आयोजना भइरहेको यो महाधिवेशनको आफ्नै ऐतिहासिक महत्त्व छ । फेरि कहिल्यै नदोहोरिने ‘विसं ०६५ साल फागुन’मा हुनगइरहेको हुनाले मात्रै यसको ऐतिहासिकता स्थापित हुने होइन । यो महाधिवेशनले आफूसम्मुख उपस्थित दर्जनौं यक्षप्रश्नको जवाफ खोज्न सक्दामात्र यसको ऐतिहासिकताको परीक्षण हुनेछ । जबज जस्तो सही सिद्धान्तको मार्गदर्शन, नेपाली जनताको व्यापक समर्थन र कार्यकर्ताहरूको यत्ति ठूलो समर्पणका बाबजुद गम्भीर पराजय भोग्नुको कारण के हो ? व्यक्ति विशेषमा यसको दोष खोजेर सही निष्कर्षमा पुगिँदैन । जनताको बहुदलीय जनवादको सुधारवादी व्याख्या गर्दै यसलाई जसरी पनि सत्तामा जाने भर्याङको रूपमा प्रयोग गर्ने र सामाजिक-आर्थिक-सांस्कृतिक आन्दोलनबाट कट्दै जाने दक्षिणपन्थी प्रवृत्ति नै यसको मुख्य कारक हो, जसले सङ्गठनात्मक क्षेत्रमा एकैसाथ नोकरशाही, अराजकता र औपचारिकतावादको निम्ति बाटो खोलिदियो र जनपक्षीय जीवनमूल्यमा स्खलन ल्याइदियो । ‘राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैनन्’ जस्ता अवसरवादी तर्क, दरबारिया शक्तिलाई ‘उपयोग’ गर्ने प्रयास, ‘प्रतिगमन सच्चिएको’ निष्कर्ष आदिको वैचारिक स्रोत यही हो । यससँग पार्टीले आधारभूत रूपले सम्बन्धविच्छेद गर्न सक्नुपर्छ । एकातिर नवउदारवादी मान्यता र यथास्थितिवादग्रस्त काङ्ग्रेस र अर्कातिर हिंसाप्रति आशक्ति, अधिनायकवादी धङधङी र सत्तास्वार्थको चरम माओवादी उपयोगितावादसँग प्रतिस्पर्धा गरेर एमालेले आफूलाई पुनःजीवित गर्न सक्छ कि सक्दैन ? कहिले काङ्ग्रेस-काङ्ग्रेसजस्तो र कहिले माओवादी- माओवादी देखिने दःुखान्त नियतिबाट मुक्त भएर लोकतान्त्रिक क्रान्तिकारी शक्तिको पृथक पहिचान कायम गर्न सक्छ कि सक्दैन ? समस्या समाधानका लागि कहिले बालुवाटार त कहिले सानेपा दौडने नियतिबाट मुक्त हुँदै बल्खुलाई राजनीतिको मियो बनाउन सक्छ कि सक्दैन ? ठूलो ग्रहको वरिपरि घुम्ने ‘स्याटेलाइट’को विवशताबाट मुक्त भएर आफैं राजनीतिकोे गुरुत्व केन्द्र बन्न सक्छ कि
सक्दैन ? माओवादीका भौतिक र वैचारिक हमलाबाट कार्यकर्ता पङ्क्तिको सुरक्षा, जातीय/क्षेत्रीय अतिवादबाट राष्ट्रिय अखण्डता र वर्गीय राजनीतिको रक्षा एवं एमालेकै नेतृत्वमा परिवर्तन सम्भव छ भन्ने विश्वास स्थापित गर्दै कार्यकर्तामा ऊर्जा भर्न सक्छ कि सक्दैन ? यस्ता प्रश्नको जवाफमा नै महाधिवेशनको सार्थकता पुष्टि हुनेछ ।
अहिले सन्तुलनको साँचो एमालेको हातमा छ । तर यो तुरूपको एक्का सधैं हातमा रहने छैन, किनभने यो काङ्ग्रेस र माओवादीको दूरीबाट सिर्जित विशेष अवस्था हो । एमाले आफ्नै पौरखको बलमा मात्रै अगाडि बढ्न सक्छ, अरूको कमजोरीमाथि टेकेर होइन । आफू ठीक ठाउँमा उाभिन सकियो भनेमात्रै माओवादीलाई लोकतन्त्रीकरण र काङ्ग्रेसलाई अग्रगामीकरण गर्न सकिन्छ । बढी दायाँ ढल्केर उग्रवामपन्थसँग लड्न सकिन्न, बढी बायाँ झुकेर दक्षिणपन्थको प्रतिरोध गर्न सकिन्न । त्यसैले एमालेको स्थान निर्धारण महाधिवेशनको मुख्य चुनौती हो ।
नेपाल एउटा अमेरिकी लागु औषध बैदेशिक नीति असफल भएको पुस्तकको रुप बनेको छ। एकपटक फेरि अमेरिकी जनतालाई घृणित हुनपर्ने अमेरिकी सरकारले बनाएको हामीले हेर्नुपर्ने अवस्था आउदै छ।नेपाली जनतालाई सहयोग गर्नुको साटो हेरोइनको कारोवार गर्ने राजा र शाही परिवारलाई सहयोग गरेर आतंक फैलाएकोपनि हामीले हेर्नुपर्ने छ। एउटा सैनिक अखडामाथि आन्दोलनकारीले आक्रमण गरेपछि नोभेम्वर २४ मा शान्तीबार्ता तोडियो। त्यसपछि देशैभरी आक्रमणका घटना भए।
नोभेम्वरको २६ मै माओवादीहरुलाई राजाले आतंकारी घोषणा गरे अमेरिकी समर्थन पाइएला भन्ने आशाले। उनले प्रेस स्वतन्त्रता स्वतन्त्र हिडडुल अभिव्यक्ति स्वतन्त्रतामाथिपनि बन्देज लगाएर देशमा संकटकालिन अवस्थाको घोषणा गरे।निर्वाद रुपमा पक्राउ र खोजतलासको पूर्ण अधिकार दिए सुरक्षा निकायलाई। अमेरिकी सरकारले पहिलेनै दशवटा गनसिपहरु दिने बचन दिएको नेपाली सेनाहरुलाई। प्रजातन्त्र नेपालका लागि लज्जास्पद विषय हो। चुनाव भनेको जसरीपनि राजाका मानिसलाई भोट खसाल्नु हो। अनुमान लगाउनुस्त कसले जित्ला !यदि तथ्यपूर्ण चुनाव भयो भने गर्ल्याम गुर्लुम माओवादीले जित्छन्। नेपाल अन्तत हजारौ बर्ष देखिको सामन्तवादबाट बल्ल बिउंझदै छ। नेपालको निरक्षर दर ८० प्रतिशतको हाराहारीमा छ। ८० देखि ९० प्रतिशत मानिस निमुखा र गरिव छन्। यि मानिसकालागि कम्युनिष्ट व्यवस्था राम्रो देखिन्छ। नेपालका राजा र शाही परिवार शताव्दियौदेखि नेपालीको रगतमा बाचेका छन्। आज नेपाल सन् १९७० ताका भन्दा ८ गुना गरिव छ। बालिकाहरु भारतको बेश्यालयमा बेचिन्छन्। दाशत्व नेपालको नमुना हो । सदा दासको रुपमा जन्मेको सोच्नुस त ज्ञानेन्द्रले आफूलाई कालो धन्दा गर्ने राजकुमारका रुपमा आफैले देखाउन पर्छ भन्ने प्रतिक्षा गर्छु म। आफू संरक्षित हुन उनले कुनैपनि कुरा बाकी राखेका छैनन।
जुन एकमा भएको दरवार हत्याकान्डको सरकारी प्रचारलाई कसैलेपनि विश्वास गर्दैन। विश्वनै निगरानी गर्ने पहरेदार ठान्ने अमेरिको सहयोगमा सबैलाई दवाउंछु भन्ने ज्ञानेन्द्रको चाहना छ। त्यसैले म के अौल्याउंछु भने अमेरिकी सरकारले आतंकबाद फैलाएको छ। नेपाली जनताको आन्दोलन स्वतन्त्रताकालागि हो। शाही परिवारको मातहतमा नेपालमा कहिल्यैपनि कुनैपनि खालको स्वतन्त्रता थिएन र हुनेछैन। त्यसैले मार्शल ल भित्र बस्न कति कठिन हुन्छ भन्ने त म अनुमान मात्र लगाउन सक्छु। अमेरिकी समर्थनबाट राजाले आफ्ना सबै शत्रु पाखा लगाउन कोशिष गर्नेछन्। तर रगतको महासागरबाट एउटामात्र लडाकु भएपनि उठेर आएर त्यसको बदला लिनेछ। तैपनि अमेरिकाले यसरी अमेरिकीलाई घृणाको पात्र बनाएर आतंकबाद फैलाउने काम गर्छ। सबै मिलेर यसको मुकाविला गरौं। नेपालका राजाले आफ्नो उपयोगिता गुमाइसकेका छन्। परिवर्तनको समय आइसकेको छ। नेपाली जनता स्वतन्त्रताकालागि हारगुहार गरिरहेका छन्। अन्तत जनताले राजालाई हुत्याएरै छाड्नेछन्।
अमेरिकी नागरिक जोशेफ पियत्री नेपालमा २० बर्ष भन्दा बढी बसेका छन्। उनले यो लेख हामीलाई केहि समयपहिले अंग्रेजीमा पठाएका हुन्।द किंग अफ नेपाल पूस्तकका लेखक पियत्रीका यि विचार नीजि हुन्।
I first went to Nepal in 1970 it was the end of the now famous Hippie Trail that started overland from either Amsterdam or London. Buses full of Hippies would disembark at the end of New Road and to this day this street is called Freak Street. Nepal was Hippie nirvana being that marijuana and hashish were legal and sold openly in Government licensed shops! At the time there were no opium dens in Kathmandu nor is opium grown or heroin produced in Nepal! There was no such thing as a Nepalese junkie. Cannabis was only illegal to export and Hippies caught at the airport were fined $100 USD and deported on the next flight out of Kathmandu.
The King Mahendra died in 1972 and his son Birendra ascended to the throne and I remember the most solemn ragas that mourned the old King’s passing on Radio Nepal. Who can forget the huge procession to Pashupatinath Temple where the King was cremated, or the bizarre ritual of a Brahman priest taking over the bad karma of the King and even getting a share of his earthly possessions and then being banished from the Kingdom on a Royal elephant. I left for India in 1973 just before Cannabis prohibition in Nepal. Richard Nixon and his recently formed DEA paid the new king 50-70 million dollars to outlaw pot–his in a Hindu country where everyone must take cannabis once a year on Lord Shiva’s birthday. Hippies were deported to India. It was a sad day on Freak Street.
I returned to Nepal in 1981 and to my amazement the country now had a heroin problem. Hashish was 20-30 times more expensive than in 1970 and a very cheap and low grade of smokable heroin was now making the rounds. The Nepalese, not really knowing the difference between brown sugar heroin and marijuana, were easily seduced by smack. Not only that but Double UO Globe Brand heroin was available for export the finest Golden Triangle heroin made. Heroin was now being imported from Burma and brought overland from East Nepal on Army and Police trucks by the Royal Family. The Royals control every aspect of the black market in Nepal. What was once Hippie Nirvana was now a major heroin hub.
Sometime in 1983 my Nepali partner and I were invited to lunch at one of the Ministers’ homes. There over lunch and drinks he explained that for the first time in the history of Nepal the Royal Nepalese soccer team was going to compete at the Olympics in Los Angeles the next summer. He said was working with Prince Gyanendra who was in charge of the Olympic committee. Due to my long history in Nepal they felt I could handle the merchandise they were sending along with the team. I took it for granted that they were talking about 150 kilos of hashish. He then spoke to my associate in Nepalese and then talked directly to me that their intentions were to send 150 kilos of heroin to LA. My first thought was to look over at my Nepali associate and tell him that whatever he promised these people to forget it. I explained to the Minister it was impossible and managed to squirm my way out of there.
When I got back home my old pal Patrick came by and I told him what had happened. Patrick says that if I would have gone along with the Minister’s proposal, I would have ended up in prison or dead. I was being set up as a fall guy for the Royal Family. The Black Prince, as he was known around Kathmandu, had once been stopped with a bunch of his cronies trying to lift the kneeling Malla King Statue in Patan (a national treasure) with a crane! The policeman who stopped this theft was "disappeared", but the statue stayed a top its pillar, and the Black Prince was sent packing to Europe.
A bitter rivalry existed between King Birendra and his brother Gyanendra that went back to the 1950s when King Mahendra and the Crown Prince fled to India fearing an assassination attempt and left Gyanendra in Kathmandu as the defacto king. Upon returning to Nepal, it went back to the status quo. Gyanendra has always felt he would have made a better King than his drunkard brother.
During the 1980s and the introduction of brown sugar heroin into Nepal one of the casualties was the Crown Prince, who was rumored to having been sent to rehab in Switzerland. In 1984 the Nepalese Soccer team was detained at LAX carrying that 150 kilos of pure heroin. It was quick news as it disappeared instantly from the media and was never talked about since. A year later bombs went off in the lobby of the Annapurna Hotel (Royal Family owned) at the palace gates as well as other government buildings, apparently in retaliation for the mess in LA.
In 1986 Henry Kissinger and a group of narcotics agents come to Kathmandu for a SAARC conference. The agents bought 2 kilos of pure heroin on the back streets of Asan Tol market with traveler checks! These two kilos they threw down on the desk of Inspector General of Police D. B. Lama and threaten to cut off all aid to Nepal. The agents produced a list of all the people who were involved in the Cannabis trade who still lived in Nepal. Soon wany Westerners with private vehicles or extended Visas were rousted. Overnight the jails swelled with Westerners and Nepalese most of whom were not involved in the heroin trade. Nepalese and Westerners were tortured into confessions. D.B. Lama was one of the front men for the Royal Family heroin trade, sort of a sticky wicket, but I escaped the inquisition to Bangkok and did not return to Nepal until 1988. The inquisition was still going on so I left for good. D. B. Lama the Inspector General of Police had been arrested. They found the pipes in his house were pure gold painted over gray to resemble pipe and boxes of foreign currency. I guess they traced old Henry the K’s traveler checks back to the Inspector General of Police himself and the Royals were forced to sacrifice D. B. Lama.
Student demonstrations for democracy, the Monarchy’s medieval repressive tactics and the attention it got around the world finally brought 30 years of absolute rule to an end and in 1990 King Birendra reinstated multi-party democracy in Nepal. A treaty was signed with Pakistan and flights now come in from Karachi. Military ties were initiated and with that Afghan heroin is now available by the ton in Kathmandu. Nepal has become a major player on the global heroin trade.
Democracy brought a succession of governments that throughout the 1990’s were marked by one being more corrupt than the last. In 1996 the Maoists took to the field and it’s been a bloodbath ever since with nearly 12,000 killed and disappeared as of this writing.
King Birendra never unleashed the Royal Nepalese Army against the Maoist’s and the gains they made led to the Royal massacre of June 1, 2001. Everyone in the way of the Black Prince becoming king was killed. Most media today refer to it as the shoot out at the palace! It was a coup d’ etat engineered by the Prince and the Royal Army with the blessings of outside interests. I was told that the Crown Prince was executed at the Balaju army barracks where he had run to escape the assassinations.
Very few Nepalese believe the official account and the Crown Prince was an easy patsy due to his long time heroin addiction and alcohol problems. There was no way that the Black Prince would allow the junkie Crown Prince to ascend to the throne if his brother should die suddenly, and the King had health problems due to his alcohol abuse. The Military felt the same way and the Black Prince is now the King of Nepal and the iron rule of his father has returned.
The events of September 11th altered the equation as Nepal joined the war on terror and allowed B-52’s to fly over the nation on their bombing runs into Afghanistan. The King declareed the Maoist movement terrorists and now receives unprecedented support from the US, UK, and India. American and British Special Forces train the Royal army. The King hired 400 private mercenaries, who now lead the Royal Army into battle. What has the Black King promised the Bush Administration for US support?
The Nepalese Royal Family has a long history of involvement with the CIA. Through out the 1960s and 1970s the CIA maintained a secret base at Lo Mustang on the Tibetan plateau bordering China. This was the jumping off point for CIA-trained Tibetan Khampa guerillas fighting the Chinese. Today they are building a road from the Indian border to Lo Mothang and it’s quite obvious that once again it will be used as a forward base.
At this point the Maoist control 85 percent of the countryside and five districts outright in Western Nepal. Peasant women, tired of being sold to brothels in India, comprise 40 percent of the arms-carrying cadre. A free election would bring Socialism to Nepal and if the people could they would vote the King to be gone! The Maoist movement is a Nationalist movement of people who are awakening from 250 years of feudalism! The one road from the Indian Border town of Birgunj to Kathmandu is easily shut down by strikes called by Maoist’s! The Royal Army is reduce to guarding Kathmandu and other major border towns and protecting the convoys of supplies that keep Kathmandu alive.
On February the 1, 2005, the Black King dismissed the government and declares a state of emergency. He then suspended telephone, internet, and air links, effectively cutting off Nepal from the rest of the world. The Black King assumeed total power and suspended constitutional freedoms of press, speech, and expression, constitutional protection against news censorship and preventative detention! Hundreds were jailed, leaders of all major political parties were put under armed house arrest. Students protesting the King in Pokhara were fired upon from helicopters and 20 were wounded. The iron fist rule of his father has returned.
Once Time magazine came out with a report critical of King Mahendra. When the magazine arrived at the news stand in Kathmandu that page had been completely blacked out. Hitler, Stalin, Saddam had absolute power and now the Black King, Every since the massacre at the palace they have been trying to clean Gyanendra’s image internationally by blaming the heroin trade on his younger brother who was also killed at the palace. The facts are that Gyanendra and his Uncle, who owned the Annapurna hotel, have been heavily involved in the heroin trade going all the way back to the 1960s. Nepal today is 8 times poorer than in 1970.
How can that be with all the foreign aid, the carpet industry, textile industry, tourist industry? Think Marcos, for years the Royal family has siphoned off from every dollar coming into Nepal. Nepal is a classic example of failed American foreign policy and how we create terrorism. Today we are supporting a heroin dealing despot king and again killing people who can’t afford shoes in the mountains and jungles of Nepal.
Joe Pietri author The King of Nepal. He can be reached at: jpietri@msn.com
आफ्ना दाबीहरु नाराले होइन, अन्तरवस्तुले प्रमाणित गर्नुपर्छ ।
एमाले मुलुकको एउटा महत्त्वपूर्ण राजनीतिक शक्ति हो त्यसैले त्यसका निर्णयले मुलुकको राजनीतिलाई सकारात्मक वा नकारात्मक प्रभाव पार्दछन् । त्यसबाहेक माओवादीले क्रान्तिका नाममा प्रजातान्त्रिक प्रक्रिया र मूल्यहरूलाई नाघ्ने काम गर्दै आएको छ भने कांग्रेसले प्रजातन्त्रका नाममा सामाजिक मुद्दाहरूलाई कम ध्यान दिएको छ । यी दुई राजनीतिक शक्तिहरूमा मुलुकको राजनीति धु्रवीकृत
हुँदा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरू स्थायी नहुन सक्छन् । यो परिस्थितिमा एमाले प्रजातन्त्र र सामाजिक न्यायलाई सँगसँगै अगाडि बढाउने दाबी गर्छ । त्यसो हो भने ऊ आफ्नो दाबी
अनुसार अगाडि बढ्न सक्छ कि सक्दैन
भन्ने प्रश्न सदस्यको मात्रै होइन, सार्वजनिक चासोकै विषय हो ।
विगत ५/७ वर्षदेखि एमालेलाई पिँध नभएको, ढुलमुले, कहिले माओवादीजस्तो राष्ट्रिय राजनीतिमा पहलकदमी नलिने, अरूका पहलकदमीमा प्रतिक्रियामात्र दिने आदि भनेर चित्रण गरिन्छ । हुँदा-हुँदा कतिपय हास्य-कलाकारहरूले यसलाई आफ्नो प्रस्तुतिको विषयसमेत बनाएका छन् । एमालेभित्र यसको प्रशस्त प्रभाव छ । सदस्यहरूले नेताहरूसँग यस्ता प्रश्न गर्दै आएका छन् । एमालेका नेताहरूले आफ्नो पार्टीले संविधानसभा निर्वाचन सम्पन्न गर्न ठूलो काम गरेको, मुलुकको द्वन्द्वग्रस्त राजनीतिलाई समाधान गर्न सन्तुलनकारी भूमिका खेलेको, मुलुकको ऐतिहासिक संक्रमणकाललाई तार्किक निष्कर्षमा पुर्याउन योगदान दिएको आदि उत्तर दिन्छन् ।
एमालेले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका सबैका सामु प्रस्ट छ । शान्ति प्रक्रिया र राजनीतिक द्वन्द्व व्यवस्थापनमा यसको सन्तुलित दृष्टिकोणमाथि कसैले शंका गरेको छैन । संसद्को पुनःस्थापनादेखि संविधान लेखनको आरम्भ हुन थालेको यो अवस्थासम्मका अनेक घटनाहरूमा एमालेले कहिल्यै समस्या खडा गरेन । प्रजातन्त्रप्रति उसको प्रतिबद्धता र समाजिक न्याय तथा अग्रगमनका मुद्दामा एमालेलाई कसैले पनि अविश्वास गर्दैन । गिरिजाप्रसाद कोइराला र प्रचण्डले एमालेलाई किनारामा राखेर मुलुकको राजनीतिलाई अगाडि बढाउने प्रयत्न गर्दासमेत उसले भाँजो हाल्ने प्रयत्न गरेन । एमालेलाई माओवादीले ठेगान लगाउँछ र कांग्रेसले बहुमत ल्याउँछ भन्ने मृगतृष्णाले वशीभूत भएर कांग्र्रेसले संविधानसभा निर्वाचनका बेला अपनाएका नीतिहरूलाई बुझ्दा-बुझ्दै पनि राजनीतिक प्रक्रियालाई अवरुद्ध गर्ने बारेमा एमालेले कहिल्यै सोचेन । यसकारण उसप्रति जनसाधारण रुष्ट छैनन्, बरु यसका विवशताप्रति दया-मायाको नजरले हेर्छन् । यति व्यापक सांगठनिक संरचना, कार्यकर्ताको सञ्जाल, ठूलो व्यवस्थापकीय क्षमता, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वास प्राप्त गरेको पार्टीले किन स्वतन्त्र पहल- कदमी लिन सकेन भनेर चिन्ता गर्छन् ।
संविधानसभाको निर्वाचनमा एमालेले पराजय बेहोरेपछि त्यस पार्टीको केन्द्रीय कमिटीले गरेको मूल्यांकनअनुसार माओवादीले अनेकौं गैरप्रजातान्त्रिक गतिविधिद्वारा निर्वाचनलाई प्रभावित पार्यो, कांग्रेसले माओवादीलाई उकास्यो, स्वयं एमाले जनताबाट- विशेषतः श्रमजीवी वर्गबाट अलग्गिँदै गयो, पार्टीको सूचना प्रणाली कमजोर भयो, आदि । यस्ता उत्तरले निर्वाचनमा भएको पराजयलाई बिर्साउन त काम गर्ला तर स्वयं एमालेलाई पुनर्जागृत गर्न सघाउँदैनन् । त्यस्ता उत्तरले के बताउँछन् भने एमालेको पुनर्जागरणका लागि माओवादी प्रजातान्त्रिक भइदिनुपर्ने भयो । कांग्रेसले माओवादीलाई एमालेविरुद्ध प्रयोग नगरिदिनुपर्ने भयो, त्यति भएपछि एमाले स्वतः जनतामा स्थापित हुन्छ, आदि । मूल्यांकनको यो तरिका नै अवलम्बन गरेर एमालेले आठौं महाधिवेशन सम्पन्न गर्यो भने त्यसको भविष्य के होला ?
निर्वाचनमा भएको पराजयलाई स्वीकार गर्दै एमालेले मुलुकको राजनीतिमा गरेको योगदानलाई पनि उल्लेख गर्दै आएको छ । उसका अनुसार यदि एमाले नभएको भए कांग्रेस र माओवादीजस्ता विपरीत धु्रवीय शक्तिहरूलाई मुलुकको राजनीतिक प्रक्रियामा सामेल गर्न र शान्तिप्रक्रियालाई अगाडि बढाउन सम्भव थिएन । यस कुरामा धेरैले सहमति राख्छन् । तर सधैं सन्तुलनकारी भूमिका खेलेरमात्रै उसको भूमिका पूरा हुन्छ कि हुँदैन ? सन्तुलनको राजनीति गलत होइन तर सन्तुलनसँगै आफ्नो स्वतन्त्र गति नभएपछि पार्टीले आफ्नो स्वतन्त्र अस्तित्वलाई सधैंभरि जोगाइराख्न सक्छ कि सक्दैन ? यसलाई उदाहरणका रूपमा हेर्दा के देखिन्छ भने माओवादी र कांग्रेस प्रतिद्वन्द्वी शक्तिका रूपमा क्रियाशील रहे । प्रतिद्वन्द्वी भावले उनीहरूलाई र राजनीतिलाई गतिशील बनाइरह्यो । ती पार्टीको गतिशीलताले उत्पन्न गरेको हरेक नयाँ असन्तुलनमा सन्तुलन मिलाउनुमात्रै एमालेको काम भयो । अरू शक्तिमा आएको असन्तुलनलाई सम्बोधन गर्नु आफ्नो प्रमुख जिम्मेवारी ठानेको एमालेका अगाडि स्वतन्त्र जिम्मेवारी कम हुँदै गयो । त्यस्तो सन्तुलनको काम केन्द्रीय कमिटी र खासगरी स्थायी कमिटीमा दुई-चार जनाले गर्ने हुँदा पार्टी सदस्यहरूको पंक्ति सक्रिय हुनुपरेन । यसरी त्यस पार्टीको गतिशीलता कमजोर हुँदै गयो र निर्वाचनमा पराजित भयो । सामान्यतः २०५६/५७ पछि र विशेषतः असोज १८ र माघ १९ पछि एमालेमा यही भएको छ ।
पार्टीभित्रको यस स्थितिलाई बुझेका कार्यकर्ताले एमालेको भविष्यबारे सन्देहपूर्वक प्रश्न गर्दा नेताहरू उत्तर दिन्छन्- आठौं महाधिवेशनमा विचार र संगठनमा व्यापक पुनर्गठन गरेर पार्टीलाई नयाँ गति दिइनेछ । ती दुइटा कार्यसूचीको व्याख्या गर्दै नेताहरू भन्ने गर्छन्- जनताको बहुदलीय जनवादलाई विकसित गरिनेछ र पार्टीलाई प्रजातान्त्रीकरण गरिनेछ । त्यसअनुसार जनताको बहुदलीय जनवादले संघीयता र समावेशीजस्ता अवधारणालाई नसमेटेको हुँदा महाधिवेशनले ती अवधारणालाई समेट्नेछ, बहुमतको सरकार र अल्पमतको विपक्ष भन्ने जवजको धारणालाई सहमतीय प्रणालीअन्तर्गत ल्याइनेछ र महासचिवको मात्रै पद हुने वर्तमान व्यवस्थालाई परिवर्तन गरी अध्यक्ष, उपाध्यक्ष, महासचिव आदि समेतको बहुपदीय संागठनिक संरचना बनाइनेछ । यसरी जनताको बहुदलीय जनवाद समृद्ध हुनेछ र संगठनको प्रजातान्त्रीकरण गरिनेछ । यसप्रकार आठौं महाधिवेशन विचार र संगठनका क्षेत्रमा महत्त्वपूर्ण महाधिवेशन हुनेछ ।
वस्तुतः एमाले र जनताको बहुदलीय जनवादको समस्या संघीयता वा समावेशी हुने वा नहुने र बहुपदीय व्यवस्था हुने वा नहुने कुरामा छैन । त्यसैले एमालेले संविधानसभामा पराजय भोग्नुपरेको घटनालाई तात्कालीन महासचिव मदन भण्डारीको रहस्यमय दुर्घटनापछिका राजनीतिक घटनाक्रममा जनताको बहुदलीय जनवादलाई विकसित गर्ने काममा नेतृत्वले ध्यान नदिनु, जसको परिणामस्वरूप सामाजिक रूपान्तरण ओझेलमा पर्दै जानु र चुनाव जित्ने कुरामा पार्टी सम्पूर्ण रूपले केन्दि्रत हुँदै जानु, जनताको बहुदलीय जनवादका लागि आवश्यक पर्ने गरी पार्टीको आन्तरिक प्रजातान्त्रीकरणलाई व्यवस्थित नगरिनुजस्ता कमजोरीको एकीकृत अभिव्यक्तिका रूपमा बुझ्नुपर्छ । त्यसबाहेक इतिहासको कुन सन्दर्भमा जनताको बहुदलीय जनवाद आएको थियो र एमालेका सदस्य र कमिटीहरूका दैनिक गतिविधिमा यसले कसरी मार्गदर्शन गर्न सक्छ भन्ने प्रश्नमा विचार पुर्याउन सकेन भने उसले आफूलाई पुनर्जागृत गर्न सक्नेछैन ।
सिद्धान्ततः हिंसात्मक वर्गयुद्ध नै मानव मुक्तिको सबैभन्दा प्राथमिक सर्त हो भनेर हुर्केको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा शान्तिपूर्ण र प्रजातान्त्रिक पद्धतिबाटै सामाजिक रूपान्तरण सम्भव छ भन्ने मान्यता स्थापित गर्नु जनताको बहुदलीय जनवादको महत्त्वपूर्ण योगदान हो । यो मान्यता माक्र्सवादी दर्शन र सिद्धान्तअनुकूल छ । तर शान्तिपूर्ण र प्रजातान्त्रिक बाटोबाट सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने कैयन् सामाजिक जनवादी तथा कम्युनिस्ट पार्टीहरू उदार प्रजातन्त्रमा झरेका प्रशस्तै उदाहरण छन् । त्यसैले हिंसात्मक बाटोलाई आधार बनाएर सामाजिक रूपान्तरण गर्न सकिन्न भन्नुमात्रै जनताको बहुदलीय जनवादको सार्थकता हुन सक्दैन । बरु शान्तिपूर्ण र प्रजातान्त्रिक तरिकाले सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने प्रमाणित गर्नु अझै ठूलो जिम्मेवारी हो । हिंसात्मक क्रान्तिहरू राजनीतिक सत्ता प्राप्तिका लागि सजिला माध्यम बनेका छन् तर प्रजातन्त्रको अभावले त्यस्ता सत्तारोहण सामाजिक रूपान्तरणका लागि सहयोगी हुन सकेका छैनन् । त्यस्तै निर्वाचनमा भाग लिएका कैयन् पार्टीहरू सरकारमा पुगेका छन्, तिनीहरू पनि सरकारमै सीमित भएका छन् । यसरी हिंसात्मक वा चुनावी दुवै खालका पार्टीहरू अन्त्यतः वास्तविक क्रान्तिका लागि असफल भएका छन् ।
नेपाली राजनीतिमा एमालेको योगदानका विषयमा विवाद गर्न सकिएला तर शान्तिपूर्ण र प्रजातान्त्रिक तरिकाले समाजको रूपान्तरण गर्दै जाने उसको दाबीलाई कसैले पनि गलत भन्ने ठाउँ छैन । यो काम एमालेले नै गर्न सक्छ कि सक्दैन भन्ने कुरामा समेत विवाद होला तर यो दाबी समेत नगर्ने अरू पार्टीबाट त्यो योगदानको अपेक्षा गर्न झनै सकिन्न । इतिहासमा सबै पात्रहरूको अलग-अलग भूमिका हुन्छ । आफ्नै भूमिकाले ती पात्रहरूको अस्तित्वको औचित्य प्रमाणित हन्छ । एमालेले राष्ट्रिय राजनीतिमा गर्न सक्ने योगदान आफ्ना दाबीहरू नाराले होइन अन्तर्वस्तुले प्रमाणित गर्नुपर्नेछ । यो एमालेको परीक्षा हो, त्यसको भविष्यको समेत परीक्षा हो । यो परीक्षामा अरूले उत्पन्न गरेका असन्तुलनमा सन्तुलन मिलाउन योगदान गरेर होइन, आफ्नै पहलकदमीले सन्तुलन बनाएरमात्रै उत्तीर्ण हुन सकिन्छ ।
लेखक एमाले केन्द्रीय सदस्य हुन् ।
नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको सवालमा सत्तारुढ नेकपा माओवादीले जारी राखेको विरोधाभासपूर्ण नीतिबाट उनीहरू विसङ्गत समाज निर्माणतर्फ उन्मुख हँुदै गएको देखिएको छ । १० वर्षको सशस्त्र युद्घकालमा माओवादीले भाषा, धर्म, संस्कृति र परम्परामा सकेसम्म प्रहार गरे । किरयिापुत्रीको हत्या, सरल नेपाली भाषाका प्रयोक्ता भानुभक्त आचार्यको सालिक भञ्जन, संस्कृत भाषाका शिलापत्रहरू नष्ट गर्नु, संस्कृत पढाएकामा लमजुङका लोकपि्रय शिक्षक मुक्तिनाथ अधिकारीलाई विद्यार्थीका अघिल्तिर पाशविक हत्या गर्नु, दाङको संस्कृत विश्वविद्यालय जलाउनु यसका केही उदाहरण हुन् । माओवादीले राज्य सञ्चालक भइसकेपछि पनि त्यही नीति अख्तियार गरेको छ । मानवशास्त्री सौभाग्य शाह यस्तो सांस्कृतिक क्रान्तिले समाजलाई पछुताउने अवस्थामा मात्र पुर्याउने बताउँछन् । भन्छन्, "उनीहरूले धर्म, परम्परा र सांस्कृतिक मूल्य र मान्यतालाई आफ्नो अनुकूल व्याख्या गर्ने गरेका छन्, जुन समाजका लागि अनुत्पादक र खतरनाक छ ।"
माओवादीहरू सत्तामा आएपछिको पहिलो दसैँमा मल्लकालदेखिको इन्द्रजात्राको खर्च हठात् कटौती गरे । निरन्तरता भङ्ग गर्ने नाममा गरएिको यो निर्णयका लागि पछि अर्थमन्त्री बाबुराम भट्टराईले माफी माग्नुपर्यो । सदियौँ पुरानो सामाजिक परम्पराको गहिराइ बुझ्दै नबुझी निर्णय गर्दा सामाजिक सद्भाव खलबलिने स्िथति बन्यो । संस्कृतिविद् चुन्दा बज्राचार्य माओवादीले विषयको गहिराइ नबुझी निर्णय गरेर समाजमा अशान्तिलाई प्रश्रय दिन खोजेको बताउँछिन् । उनका अनुसार, गुठी संस्थान र कौशी तोषाखानाका जग्गा राष्ट्रियकरण गर्ने अनि परम्परागत जात्रा हुँदा लाग्ने खर्च कटौती गर्ने कुरा व्यावहारकि हुँदैन । कुमारी, गाईजात्रा, इन्द्रजात्रा, घोडेजात्राजस्ता परम्परा देशका सम्पदा पनि हुन् । यिनलाई कुनै धर्मविशेषसँग जोडेर हेर्नुको साटो नेपालको पहिचानका रूपमा बुझ्नुपर्ने बज्राचार्यको भनाइ छ ।
माओवादी दस्तावेजमा के छ ?
संविधानसभा निर्वाचनका लागि माओवादीद्वारा जारी प्रतिबद्धतापत्रको भाग-२ -८) मा भनिएको छ, "राज्य पू्र्णरूपले धर्मनिरपेक्ष रहनेछ । सबै नागरकिलाई आफ्नो आस्था अनुसार धर्म मान्ने वा नमान्ने स्वतन्त्रता रहनेछ । कसैमाथि पनि धार्मिक आस्थाका आधारमा भेदभाव गरनिे छैन ।" तर, सोही प्रतिबद्धतापत्रको भाग-३ को ११ -१) मा लेखिएको छ, "मुस्िलम समुदायको समग्र हित र विकासका लागि एक शक्तिशाली राष्ट्रिय मुस्िलम आयोग गठन गरनिेछ ।" नेपाली बृहत् शब्दकोशले धर्मनिरपेक्ष शब्दको अर्थ यस्तो दिएको छ, "कुनै कुराको वास्ता नराख्ने, अपेक्षा नभएको, असम्बन्धित, सम्बन्धदेखि मुक्त भएको । कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने -राज्य, समाज) ।"
माओवादीले धर्मनिरपेक्षताको अर्थ नबुझी घोषणापत्रमा उल्लेख गरे होलान् भन्न मिल्दैन । राज्य नै धर्मनिरपेक्ष भएपछि माओवादी पार्टी त्यसबाट विमुख हुन पनि सक्दैन । यस्तो अवस्थामा कुनै एक धर्मविशेषलाई किटानी गरेर शक्तिशाली आयोग बनाउने कुरा आफैँमा असहज छ । कतिपय धार्मिक परम्परा राज्यको कानुनसँग बाझिने खालका पनि छन् । शक्तिशाली धार्मिक आयोग बनाएपछि त्यही अनुसार चल्न पाउने कि नपाउने भन्ने प्रश्न स्वतः खडा हुन्छ । यस सम्बन्धमा माओवादीका एक जना वरष्िठ नेताले यतिसम्म भने, "धर्म-संस्कृति, परम्परा, रीतिरविाजबारे कुनै नियम नबनाई समयक्रममा जस्तो अनुकूल हुन्छ, त्यस्तै व्याख्या गर्दै जाने आन्तरकि निर्णय भएको छ ।"
प्रतिबद्धतापत्रबाहेक कुनै पनि दस्तावेजमा भरसक धर्मका बारेमा केही उल्लेख नगरएिको ती नेताको कथन छ । माओवादी पार्टीले अहिलेसम्म आफ्नो अनुकूल सामाजिक मूल्य, मान्यता, परम्परा, रीतिरविाजलाई व्याख्या गर्दै आएको छ । गोरखाको मनकामना मन्दिरबाट आमाबुबासँगै निस्केका वर्तमान अर्थमन्त्री भट्टराईले सञ्चारकर्मीसँग भनेका थिए, "मन्दिरमा पूजा गर्न होइन, बुबाआमालाई घुमाउन आएको हुँ ।"
दाङको संस्कृत विश्वविद्यालयबाट शास्त्री गरेका माओवादीका वरष्िठ नेता मोहन वैद्यले नेपालसँगको एक अन्तर्वार्तामा भनेका थिए, "संस्कृत नेपाली भाषाको जननी भएकाले यसको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो ।" अर्को एक प्रसङ्गमा ‘संस्कृतिका नाममा हुने विभेदकारी प्रचलन हामीलाई स्वीकार्य छैन’ भन्ने उनैले केही साताअघि जनधारणा साप्ताहिकमा लेखेका छन्, "अबको नेपाली सांस्कृतिक आन्दोलन सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध अघि बढ्नु पर्छ ।" उनको यो धारणा पार्टीको आधिकारकि हो भने विदेश भ्रमणमा निस्कँदा विमानस्थलमा उर्दी लगाएर कर्मचारी, राजदूत, मन्त्रीलगायतलाई लगाउनुलाई पनि सामन्तवादको निरन्तरता मान्नुपर्ने हुन्छ ।
साम्राज्यवादविरुद्धको लडाइँकै प्रसङ्गमा दार्जीलिङमा गत अक्टोबर ७ देखि नोभेम्बर ७ सम्म पुरुषले लबेदा-सुरुवाल र महिलाले चौबन्दी-फरयिा लगाएर छुट्टै गोर्खाल्यान्ड राज्यको माग भयो । यता प्रधानमन्त्री पुष्पकमल दाहालले लबेदा-सुरुवाललाई सामन्तवादको प्रतीक मानेर सुट र टाईमा शपथ लिए । समाजशास्त्री मृगेन्द्रबहादुर कार्की लबेदा-सुरुवाल बहिष्कारलाई सामन्तवादको विरोध मान्ने हो भने टाईसुटको पहिरनलाई पनि साम्राज्यवादको पक्ष्ापोषण मान्नुपर्ने बताउँछन् । माओवादी सत्तामा आएपछि नेपाल सरकारका कर्मचारी जिन्स र टि-सर्टमा कार्यालयमा भेटिन थालेका छन् । उनीहरूको भनाइ छ, यही लाउने भन्ने नभएपछि जे लगाए पनि भयो । "आफ्नोपन नहुनुको एउटा उदाहरण मात्र हो यो," कार्की भन्छन् ।
माओवादीको विरोधाभासपूर्ण नीति प्रधानमन्त्री पुष्पकमल दाहालबाटै पटक-पटक प्रकट भइरहेको छ । उनले गत भदौ २ गते राष्ट्रपतिबाट पदको शपथ लिँदा ‘ईश्वरका नाममा…’ भन्ने शब्दको साटो ‘जनताका नाममा…’ भने । ईश्वर मान्दैनौँ भन्ने देखाउन जनताका नाममा शपथ खाने उनै प्रधानमन्त्री हिन्दू धर्मका हिमायती कमलनयनाचार्य, पाइलट बाबा आदिको सामिप्यमा पुग्न लालायित भएको देखिन्छ । समाजशास्त्री सुधीन्द्र शर्मा भन्छन्, "माओवादीहरू धर्मका सवालमा अवसरवादी देखिएका छन् ।" आफू जन्मे-हुर्केको समाजको मूल्य-मान्यताबाट विमुख हुन उनीहरूलाई हम्मे परे पनि कार्यकर्ताको मन भाँड्न अनिश्वरवादी देखिन खोजेको विश्लेषण शर्मा गर्छन् । उनका अनुसार, आफ्ना आमाबुबालाई देवधाम डुलाउनु यही मनोदशाको द्योतक हो ।
धर्म-संस्कृतिलाई मानवीय उपलब्धि नमान्ने माओवादीमा क्रान्तिकारी देखिन पनि यसलाई खत्तम गर्नुपर्छ भन्ने सोच रहेको देखिन्छ । एमालेका युवा नेता घनश्याम भुसाल भन्छन्, "उनीहरूले उग्रवाद, अवसरवाद र माओवादलाई एउटै ठेकीमा मथेर असङ्गतिवाद निकालेका छन् । कुन चीजलाई कहाँ राख्दा वा भत्काउँदा सत्ता टिक्छ, त्यसै गर्ने नीति अख्तियार गररिहेका छन् ।"
समाजशास्त्री शर्मा माओवादीले धर्म-संस्कृतिभन्दा बढी सत्ता बुझेकाले यस्तो गतिविधिमा लागेको हुनसक्ने बताउँछन् । भन्छन्, "सत्ता टिकाउन कार्यकर्ताको सहयोग चाहिन्छ, हिजो युद्ध गररिहँदा पुराना चीज ध्वस्त गर्न उक्साएका कार्यकर्तालाई आज त्यसैको संरक्षण गर्न लगाउन नसक्ने बाध्यता पनि हुनसक्छ ।"
माओको देशमा के हुँदैछ ?
माओवादको उद्गमस्थल चीन सन् ‘६० र ‘७० को दशकको सांस्कृतिक क्रान्तिमा नष्ट भएको प्राचीन सम्पदाको विषयमा अहिले पछुताइरहेको छ । नेपालका माओवादी पनि अहिले सांस्कृतिक क्रान्ति गरेर भोलि पछुताउने बाटोमा लागेका हुन् त ? मानवशास्त्री शाह भन्छन्, "कुनै पनि देश पहिचान गुमाएर समृद्घ हुन सक्दैन । नेपालजस्तो विविधताले भरएिको देशका लागि मौलिकपन ठूलो सम्पत्ति हो ।"
उता, लेनिनको देश रुसमा सन् १९१७ मा मारएिका जारको हड्डी खोजेर वैज्ञानिक पुष्टि भएपछि क्रिश्चियन धर्म अनुसार अन्त्येष्टि गरेको समाचार केही महिनाअघि प्रकाशन/प्रसारण भएको थियो । अफगानिस्तानका तालिवान अतिवादीहरूले नष्ट गरेको संसारका अन्य ठाउँमा नभएको वामियान बुद्घका मूर्तिहरू विश्व सम्पदाको जगेर्नामा लागेको युनेस्कोले पुनःनिर्माण गर्दैछ । देश हुन भाषा, धर्म, संस्कृति चाहिन्छ, जुन कुनै पनि राष्ट्रको पहिचान हो । धर्मनिरपेक्ष देश संयुक्त राज्य अमेरकिाको सिक्कामा अहिले पनि ‘इन गड विथ ट्रस्ट’ लेखिएको हुन्छ ।
गएको दसँैमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पिताका हातबाट टीका थापे । तर, आफूले कसैलाई टीका नलगाएको बताए । विश्व हिन्दू महासङ्घका दामोदर गौतम दसैँलाई माओवादीले हिन्दूको मात्रै भनिदिएर परापूर्वकालदेखिको चाडमा आक्रमण गरेको बताउँछन् । थप्छन्, "धर्ममा वर्ग ल्याएर भाँड्ने काम गरेका छन् माओवादीले, जुन उनीहरूलाई नै घाँडो हुनेछ ।" मानवशास्त्री शाह यस्तो व्यवहारबाट माओवादीहरू पाखण्डी देखिएको बताउँदै भन्छन्, "उनीहरूका भनाइ र गराइ परस्पर विरोधी छन् ।"
नेपाल भनेको मौलिक पहिचान भएको देश हो । यो पहिचान कायम राख्न सकिएन भने घर पोलेर खरानी घसेको अवस्था निम्तिने खतराप्रति राज्य सञ्चालकमध्ये मुख्य घटक माओवादी नै बढी सचेत हुनुपर्ने सुझाव विश्लेषकहरूको छ ।
१।
मलिलो माटोसित मेरी आमा
खेतबारीका फाँट बनेर आइन्
आशा र आकांक्षाका पहाड-पर्वत उठिन्
माया-ममताको मधेश फैलोँदै गइन्
घर थाम्नलाई घरेटी बसि दिईन्
हाम्रो लागि पूरै धरती नै सृष्टि गरी
आफू चाहिँ माटोबाटै मुक्त भएर गइन्
२।
पानी उम्रेर आमा पँधेरो झरिन्
र हाम्रा गाग्री, बाल्टी, भुल्डुङभरि भरिएर बसिन्
फूलदानीहरूमा फूलको तिर्खा मेट्दै बसिरहिन्
खेतहरुमा पसिन् कुलो बग्दै
हाम्रै निम्ती निधारबाट पसिनाको झरना झारिन्
कहिले सानु आँखामा महासमुद्र अँटाइन्
खडेरी सुकिरहेको मनको बारीमा
वर्षा गुन्गुनाउँदै झरिदिइन्
हामीलाई यसरी पानीको धनी बनाइराखेर
आफू भने पानीबाट मुक्त भइन्
३।
पुजाथानमा आमा धूपबत्ती बलेर
घरभरि मगमग उज्यालो भइआइन्
चुल्हामा मायालु आगो भुरभुर बलिन्
हाम्रा आँखा आँखालाई ज्योति दिँदै आइन्
जाडो लाग्दा उनको काख तापेर पाएको
न्यानोपन हाम्रो छाती र हत्केलाभरि छ
यसरी उज्यालो ताप दिइराखेर
आफू चाहिँ उज्यालोबाटै मुक्त भइन्
४।
हाम्रो छातीभित्र प्राणवायु बनेर
हामीलाई आ-आफ्नो श्वास-निश्वाससित
भित्र-बाहिर गर्न सिकाइन्
विपदका भत्भत् भाभरहरूमा
शितल हावाको सिर्सिर लहरले सुम्सुम्याइरहिन्
उनकै नाक-मुखबाट लहरिँदै आउँने
सुगन्धित हावाको बुइ चढेर
शब्द र सङ्गीतहरू आइरहे
यसरी हामिलाई हावासित बाँच्न सिकाइराखेर
आफू भने हावाबाटै मुक्त भइन्
५।
अग्लिने र उड्ने ठाउँ प्रशस्त बनाइदिएर
आमा सँधै हाम्रो आँखाभरि आकाश फैलिरहिन्
दु:ख-पीरका नीलडामहरूलाई नीरमा रङ्गाएर
आकाश फिँजिएकओ उनी
हाम्रा कोठाकोठा भएर आइदिइन्
बाँसुरी र सहनाइभित्र पसिन्
सादा पन्नामा आकाश टाँगिएर आमाले
शब्दका ताराहरूलाई निम्त्याइरहिन् सँधै
हत्केलाहरू अञ्जुली बन्नासाथ
अञ्जुलीभरि हुन्छ आकाश
मेरी आमा फिँजिएकी आकाश
मैले आँ गर्दैपिच्छे पस्छ मुखभित्र
अनि मेरो चेतनाको सिलिङसम्म टाँस्सिएर बस्छ
भोको भाँडाभित्रको पर्खाइ भएर पनि बस्छ
अनि सपनाहरूको क्षितिज उघार्दै फैलिरहन्छ
मेरो सारा अस्तित्व नै आकाशमय बनाइराखेर
मेरी आमा अब
आकाशमै पनि नबाँधिने गरी मुक्त भइन्
उपसंहार:
यसरी आकाशसहित सिंगो पृथ्वी नै
हाम्रै निम्ति छोडिराखेर
आमा त युमासाम् भइगइन् निर्बन्ध निराकार
अब युमा हुनुबाट पनि उन्मुक्त भई
परम तागेरा निवाफुमाङमा लीन हुँदैछिन्
ऊँ तागेरा निवाफुमाङ
सेवारो !
आम्मा ए ! आसेवारो !!
दिनभरी जताततै सुनें
बमका कुराहरु
गोलीका कुराहरु
रकेट प्रहारका कुराहरु
नयाँ नयाँ आविष्कार भएका
अत्याधुनिक हतियारका कुराहरु
मिसाइल परिक्षणका कुराहरु
केवल यस्तै कुराहरु
नयाँ नयाँ युद्धका कुराहरु
बम विष्फोटका कुराहरु
गोली चलेका, मान्छे मरेका
रगत बगेका कुराहरु
काटाकाट र मारामार का कुराहरु
केवल युद्धका कुराहरु
हो यस्तै कुराहरु -
मान्छेको होस उडेका कुराहरु
मान्छेको जोश उडेका कुराहरु
मान्छेका सोंच उडेका कुराहरु
गाउँ, वस्ती, नगर र शहर अनि देश डढेका कुराहरु
मानवता मरेका कुराहरु
मान्छेको भविष्यप्रती आशा उत्साह मरेका कुराहरु
जीवनप्रतीका निराशाहरु
मान्छे लुटिएको पिटिएको मारिएको कुराहरु
न्याय र सत्य हराएको, दबाइएको, हटाइएको
अन्यायको समुद्र फैलीएको
मान्छे मान्छेवीचमा बढेका अविश्वासहरु, त्रासहरु
घात प्रतिघातहरु
अनि फेरी
हिटलर जागेको
शान्ति भागेको र
केवल त्रासद बढेको कुराहरु
हो यस्तै कुराहरु
बुद्ध र मोहम्मद
अरस्तु प्लेटो सोक्रेट्स मार्क्स र लेनिन
चोक्टा चोक्टामा टुक्रिएका कुराहरु
अनि तिनै चोक्टा
केवल आफ्नो
एकल अस्तित्वको लागि
सलह बनेर खनिएका कुराहरु
सुनिन कतैपनि
संगीतका, फूलका, नवजात शिशु र बच्चाका कुराहरु
चरा, पहाड, हिमाल र पुतलीका अनि
धर्ती र आकाशका कुराहरु
कला र सृजनाका कुराहरु
बुद्ध,जिजस, मोहम्मद र गान्धीका कुराहरु
भातृत्व फैलिएका कुराहरु
प्रेम फैलिएका कुराहरु
विकासका कुराहरु
निर्माणका कुराहरु
बरु सुनें….
विश्वको अग्लो
बुद्ध मूर्ति ढल्यो रे
हरेक देशमा
नयाँ सत्ताधारीको रुपमा
हिटलर र मुसोलिनि
अनि इदि अमिनको
पर्ुनर्जन्म भयो रे
सत्याग्रही गान्धीको टाउको काटियो रे
…यस्तै कुराहरु सुनेर मैले एउटा दिन बिताएँ
पानीको प्रत्येक थोपामा
रगतको गन्ध
कसौंडीमा षडयन्त्र पाकिरहेझैं
आशंका डर र त्रास
अनि
हावाका प्रत्यक झोक्कामा
मृत्युका आभाषहरु लिएर
मैले एउटा सिङ्गो दिन बिताएँ
जब विहान बिउँझिएर
बगैंचातिर लागें
मैले देखें
फूल,
आफनो अनुहारभरि
आँसु पोतेर उभिएको छ
निरास, टाउको झोक्राएर
रोयो होला शायद
रातको एकान्तमा म जस्तै
अरे
यो बगैंचामा बारुदको गन्ध कहाँबाट आयो?
यो रगतको गन्ध ककहाँबाट आयो?
यो लाशको गन्ध कहाँबाट आयो?
एक खाँट्टी किराती आइमाइ
मेरी आमा
मनुवा-दहको सप्फा तरल ऐनामा
सृष्टिको सौन्दर्य देख्नसक्ने संवेदनाको औतार
सुम्निमाको सन्तान/अनि
पशुत्व र मान्छेत्वको अनन्त द्वन्दलाई
सेकमारी फूल र ओन्दोङ फूलको कलशहरूमा
जोखना हेर्दै
चुपचाप
सुर्ताले सुकिरहेकी तिगेञ्जोङनाकी
नातिनी मेरी आमा
तरुणी छँदा लामो केशमा
लहरे फूल लाच्छा भएर लहरिन्थ्यो’रे
दुबोको हरियो चउरको चौबन्दी बाँधेर
अनि फूलहरू फुटिनिस्केका
धरतीको पन्ध्र हाते फरियामा बेह्रिएर
उर्वर धरतीको एक टुक्रा हिँडथिन’रे उनी ।
बारीमा आफैले फलाएको कोदोलाई
उत्साहको जाँड बनाई छिप्पाउँथिन
अनि सुत्केरीमा त्यै खाएर तीन दिनमै तंग्रिन्थिन
उत्साह र टको त्यै अमृत
उनको स्तनबाट चुसेर म हुर्केँ ।
नाबालक मला कोक्रोमा बोकी
काम गर्दै मीठो स्वरमा पेरेङवा साम्लो गाउँथिन् आमा
र त्यै साम्लो सुनेर निँदाउँथेँ म ।
ज्वरोले सपनाहरू डढाउँन खोज्दा
अर्थात टाउको दु:खेर विपनाहरू बाङ्गिन थाल्दा
मेरी आमा उनैको कथाकी चरी भएर
मलाई चिम्फिङ-खानाक्पा खुवाउँथिन्
अगाध स्नेहको अबिजाल झोल पिलाउँथिन
भविष्य निरोगी होस् भनेर/कहिले
एकाबिहानै बिखुमाको टुक्रा निल्न दिन्थिन्
अक्षर नचिन्ने आँखाले हेरेरै
साँझपख डुलि हिँड्ने सामहरू चिन्ने गर्थिन्
त्यसैले साँझ परेपछि सुसेली नमार्नू
छो छो गरेर मात्रै खानेकुरा खानू भन्थिन्
अक्षर नचिन्ने तिनै चिम्सी आँखाले
रातका रहस्यहरू पढथिन्
बिहानै माङहरुसित बात मार्थिन्
सुकेको तितेपाती धुपौरोमा हालेर धुप मगमग बाल्थिन्
युमा पज्थिन्
अझै पुज्छिन्
युमा पुज्दा पुज्दा
मेरी किराती आमा
अब आफै युमा भइसकिन्
Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft